सोमबार , माघ १०, २०७८

मुलुकभर थप ३०७५ जनामा को’रोना पुष्टि, ३३ जनाको मृ’त्यु !

भाद्र ३, २०७८ बिहिबार 359

काठमाडौं : लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक को’रोना सं’क्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ४३८ जनाको आरटी-पीसीआर र एन्टिजेन विधिबाट प’रीक्षण गर्दा ३ हजार ७५ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ११ हजार ९४६ जनाको आरटी-पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ५४ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा को’रोना भा’इरस सं’क्रमितको कुल संख्या ८ लाख २० हजार ६०५ पुगेको छ । पछिल्लो २४ घण्टामा २१२६ जना कोरोनामुक्त भए, ३३ को मृत्यु

को’रोना भा’इरस (कोभिड-१९)को सं’क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार १२६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा को’रोना सं’क्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ९१ हजार २९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १६ हजार ४३८ जनाको पीसीआर-एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ४२ लाख २० हजार ००१ जनाको पीसीआर-एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ३३ सं’क्रमितको मृ’त्यु भएको छ । हालसम्म नेपालमा को’रोना सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्