सोमबार , माघ १०, २०७८

दल विभाजन सम्बन्धी अ’ध्यादेशविरुद्ध स’र्वोच्चमा ६ वटा रिट

भाद्र ३, २०७८ बिहिबार 150

काठमाडौं : सरकारले जारी गरेको राजनीतिक दल वि’भाजन सम्बन्धी अ’ध्यादेशविरुद्ध स’र्वोच्च अदालतमा छ वटा रिट परेका छन् । अधिवक्ताहरू अर्जुन अर्याल र शकुन्तला भुषालले,

निकेशकमार लम्साल र अनुपा अर्यालले, प्रवेश केसीले, श्रीकान्त बरालले, दलबहादुर धामीले तथा अधिवक्ता सरोज बुढाथोकी र आशिष श्रेष्ले अध्यादेशविरुद्ध रिट दायर गरेका हुन् । रिटमा सरकाले जारी गरेको अ’ध्यादेशले

राजनीतिक स्थिरता र दलभित्र बहस तथा वादविवादमा सहमति खोज्ने परम्परा अन्य गरी दल फुटाउने विकृति ल्याउने भन्दै अ’ध्यादेश खारेजीको माग गरिएको छ ।

बुधबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अ’ध्यादेश जारी गरेकी थिइन् । अ’ध्यादेश जारी भएलगत्तै एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए

प्रतिकृया दिनुहोस्