सोमबार , माघ १०, २०७८

महन्थले पनि परिवर्तन गरे पार्टीको नाम, नयाँ नाम :-‘लोकतान्त्रिक समाजवादी पार्टी’

भाद्र ४, २०७८ शुक्रबार 168

काठमाडौं : नयाँ दल दर्ताको कसरतमा रहेका महन्थ ठाकुरले पनि प्रस्तावित पार्टीको नाम परिवर्तन गरेका छन् । यसअघिको नाम परिवर्तन गरेर नयाँ नाम “लोकतान्त्रिक समाजवादी पार्टी” राख्ने तय भएको नेताहरुले बताएका छन् ।

स’र्वोच्च अदालतले यसअघिको फैसलामा नयाँ दल दर्ता गर्दा कुनैपनि पनि पार्टीसँग जुधाएर अन्य विशेषण राख्न नमिल्ने भनेको थियो । सोही अनुसार नयाँ नाम परिवर्त नगरिएको हो ।bयसअघि प्रस्ताव गरिएको जसपा लोकतान्त्रिक पार्टीमा

जसपा शब्द मूल पार्टीसँग मिलेका कारणले निर्वाचन आयोगले दर्ताका लागि अस्वीकार गरेको थियो । उता एमालेबाट विभाजित भएको माधवकुमार नेपाल पक्षले पनि यसअघि प्रस्ताव गरेको नाम दर्ताका लागि नमिल्ने भएपछि नयाँ नाम परिवर्तन गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्