सोमबार , माघ १०, २०७८

‘वडाध्यक्ष शैक्षिक विकास’का लागि रु १० लाख सहयोग गर्ने अध्यक्ष ओलीको घो’षणा !

भाद्र ४, २०७८ शुक्रबार 188

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरी नगरपालिका–१९ मा स्थापित ‘वडाध्यक्ष शैक्षिक विकास’का लागि रु १० लाख सहयोग गर्ने घो’षणा गरेका छन् ।

उक्त वडामा कुनै पनि बालबालिका आर्थिक समस्याका कारण शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले वडाध्यक्ष उत्तमबहादुर राउतले आफूले पाउने तलब सुविधा जम्मा गरी कोषको थालनी गरेको हो ।

निर्माणाधीन सो वडास्थित भिराडिल खाइके साकुरा पार्क अवलोकनपछि आयोजित कार्यक्रममा अध्यक्ष ओलीले उक्त रकम सहयोग गर्ने

घो’षणा गरेका हुन् । उनले भने, “यो धर्तीमा काम नलाग्ने कुनै पनि त्यस्तो मानिस, वस्तु वा ठाउँ हुँदैन, त्यसको उदाहरण यो पार्क हो ।”

प्रतिकृया दिनुहोस्