सोमबार , माघ १०, २०७८

नेकपा एमालेका नेता महेश बस्नेतले माधवकुमार नेपाल बाहिरिनुलाई रुखको पात झर्नुसँग तु’लना गरेका छन् ।

भाद्र ४, २०७८ शुक्रबार 233

काठमाडौं : शुक्रबार एक कार्यक्रममा नेता बस्नेतले पार्टीको ह्वीप उ’ल्लंघन गर्ने केही मान्छेहरु चोइटिएर गएको नै उचित हुने आफ्नो मात्र नभएर अन्य नेकपा एमाले कार्यकर्ताको समेत भनाई रहेको दाबी गरे । ‘आम कार्यकर्ताहरुले ल्याङल्याङ हुनुभन्दा केही मान्छेहरु चोइटेर गएकै ठीक छ भनेका छन्’।

उनले नेता नेपालले पार्टीमा गरेको गद्दारी र आ’पराधिक कर्म इतिहासमा गम्भीर समस्या बन्ने भन्दै आ’क्रोश व्यक्त गरे । नेता बस्नेतले नेपालको राजनीतिमा दुई दलीय व्यवस्था हुन आवश्यक रहेको बताए । स–साना पार्टीहरु मिलाएर नेकपा एमाले र नेपाली कांग्रेस मात्र बनाएपछि स्थिरता हुने र मात्रै देशको विकास हुने उनको भनाई छ।

नेता बस्नेतले अहिले नेपाली कांग्रेस लुम्बिनी र गण्डकीमा सरकार बन्यो भने खुशीयाली मनाइरहेको र लड्डु खाइरहेको तर सरकार कसरी बनेको छ त्यसमा विचार नगरेको भन्दै कटाक्ष गरे । उनले दीपक मनाङे र विमला वलीलाई कसरी परिचालन गरिएको छ भन्ने सबैलाई थाहा भएको समेत बताए ।

बस्नेतले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र सभामुख अग्निप्रसाद सापकोटाले गरेको अपराध नेपालको इतिहासमा धब्बाको रुपमा रहने बताए । उनले नेकपा एमाले फुटाउनका लागि देउवा, प्रचण्ड र सभामुख नै लागिपरेको उल्लेख गर्दै एमाले आउँदो निर्वाचनमा सशक्त पार्टीको रुपमा स्थापित हुने र बहुमतको साथमा आउने उल्लेख दाबी गरे।

प्रतिकृया दिनुहोस्