सोमबार , माघ १०, २०७८

भिडियो खिचेर युट्यूबमा प्रसारण गर्ने तीन युट्युबर प’क्राउ, तीन फरार !

भाद्र ४, २०७८ शुक्रबार 260

काठमाडौं : झापाको विर्तामोडस्थित मेची आँखा अस्पताल अगाडिको सीमाना होटलमा खाजा खाइरहेका तीन जना व्यक्तिको गोपनियता भंग हुने गरी भिडियो खिचेर युट्यूबमा प्रसारण गर्ने तीन जनालाई प्रहरीले प’क्राउ गरेको छ ।

चरित्र ह’त्या गर्ने गरी भिडियो खिच्ने उनीहरुलाई प’क्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेमा युट्युबर खगेन्द्र घिमिरे, होटल जंगल भ्यु चारआलीका संचालक हेमराज भट्टराई र सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की रहेका छन् । पि’डीत पक्षले घ’टनामा संलग्न युट्युबर भाष्कर श्रेष्ठ र खगेन्द्र घिमिरे लगायत छ जनाविरुद्ध (बिहिबार) जाहेरी दिएका थिए ।

प्रहरीले जाहेरी दर्ता गरे लगतै युट्युबर घिमिरे, भट्टराई र कार्कीलाई प’क्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष आर्चायले जानकारी दिए । प’क्राउ परेकामाथि अ’भद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । साथै सो घ’टनामा संलग्न युट्युबर भाष्कर श्रेष्ठसहित तीन जनाको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्