सोमबार , माघ १०, २०७८

राष्ट्रपति घानी यूएईको श’रणमा, उपराष्ट्रपति सालेह एक्लै तालिवानीवि’रुद्ध ल’ड्दै !

भाद्र ५, २०७८ शनिबार 340

काठमाडौ : अफगानिस्तानका जनताको बर्षौपछि फर्किएको खुसी फेरि खोसिएको छ । करिब २० बर्ष अघि अफगानिस्तानमा शान्ति छाएपछि अफगान नागरिक मात्र नभइ विश्व समुदायले नै बषौदेखि बिझेको काँडो निस्किएको अनुभूति गरेको थियो ।

तर यो खुसी दुई दशकपछि फेरि खोसिदा यस्को असर अफानिस्तान भित्र मात्र नभइ समग्र विश्व राजनीतिमा पर्ने पक्का छ । किनभने अफगानिस्तान विगत ५० बर्ष भन्दा बढी समयदेखि शक्ति राष्ट्रहरुको सामरिक स्वार्थको मैदान बन्दै आएको छ । के होला अब अफगानिस्तानमा ? यो प्रश्न अहिले ज्वलन्त बनेको छ ।

किनभने फेरि अफगानिस्तानमा उम्रिएको तालिवानी झार पन्छाउन समस्या पर्ने निश्चित छ । यद्धपि अफगानिस्तान भित्रै एक नेता ता’लिवानीविरुद्ध लड्ने सकल्प लिएर शान्तिकामी विश्व समुदायका लागि आशाको एउटा दियोकोरुपमा जलिरहेका छन् ।

तालिवानसंग झुक्दिन बरु छातीमा गोली थाप्न तयार छु : अमरुल्लाह सालेह

अफगानिस्तानमा प्रजातन्त्र र शान्तिको दियो अझै निभेको छैन । आशा अझै जीवित छ । उनी देश छोडेर भागेका पनि छैनन् । बरु तालिवानसंग लड्ने भनेर एक्लै चुनौती दिदै आएका छन् ।

तालिवानले पूरै अफगानिस्तान कब्जा गरे पनि एउटा इलाकामा भने अझै तालिवान पुग्न सकेको छैन । जहाँ एक लाख अफगानी नागरिकको वसोवास छ । त्यही इलाकामा एक नेता छन् । उनी भन्छन्–शीरमा गोली हानोस् या छातीमा तालिवानसंग झुक्नेवाला छैन । र, यसो भन्ने नेता अरु कोही नभएर अमरुल्लाह सालेह हुन् ।

प्रतिकृया दिनुहोस्