सोमबार , माघ १०, २०७८

‘चीनले अब अफगानिस्तानलाई मदत गर्नेछ’ !

भाद्र ५, २०७८ शनिबार 226

काठमाडौं : अफगानिस्तान ता’लिवानको पुर्ण नियन्त्रण आइसकेको छ । ता’लिवानका नेताहरु अब कसरी अगाडि बढ्ने भन्ने रणनीतिमा रहेका छन् । अमेरिकी सेना अमेरिका फर्किएसँगै अब अफगानिस्तानमा चीनले आफ्नो प्रभुत्व जमाउने अड्कलबाजीहरु गरिएका छन् ।

यस्तैमा ता’लिवानी एक नेताले चीनको तारिफ गर्दै आफ्नो देशको विकास परियोजनामा महत्वपुर्ण भुमिका खेल्ने बताएका छन् । चिनियाँ ग्लोबल नेटवर्कसँगको एक अन्तर्वार्तामा सुहैल शाहिनले भनेका छन्, ‘चीन एक शक्तिशाली अर्थव्यवस्था भएको देश हो । मलाई लाग्छ अफगानिस्तानको पुनःनिर्माण र पुनःविकासमा चीनले महत्वपुर्ण भुमिका खेल्नेछ ।

अब चीनले अफगानिस्तानलाई मदत गर्नेछ ।’चीनले पनि अफगानिस्तानमा उदारवादी इस्लामिक नीति अबम्लबन हुनेमा आशा व्यक्त गरेको मिडिया रिपोर्टमा उल्लेख छ । अफगानिस्तानमा भएको यो घटनापछि चीन सरकारको मुखपत्र मानिएको

ग्लोबल टाइम्सले ता’इवानलाई चेतावनी दिदै अमेरिकाको भर नपर्न बताएको छ । ग्लोबल टाइम्सले अगाडि भनेको छ,’अफगानिस्तानका नागरिकलाई अमेरिकाले सुरक्षा दिन सकेन, अन्तत अमेरिकी सेना अमेरिका फर्किए, ता’इवानले अमेरिकाबाट आशा गर्नु अर्थहिन काम मात्र हो ।’

प्रतिकृया दिनुहोस्