बिहिबार , जेठ १२, २०७९

मुलुकभर थप २०७५ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु

भाद्र ५, २०७८ शनिबार 159

काठमाडौं : लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक को’रोना सं’क्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो२४ घण्टामा २ हजार ७५ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ७५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ७५ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार ७ हजार ७०३ जनाको आरटी–पीसीआर विधिबाट

परीक्षण गर्दा १ हजार ४२४ जना र ५ हजार ३७२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ५१ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा को’रोना भा’इरस सं’क्रमितको कुल संख्या ८ लाख २५ हजार ७२२ पुगेको छ ।पछिल्लो २४ घण्टामा २३८२ जना को’रोनामुक्त भए, ३० को मृ’त्यु

को’रोना भा’इरस (कोभिड–१९) को सं’क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ३८२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा को’रोना सं’क्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ९५ हजार ९२५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार ७५ जनाको परीक्षण हुँदा हालसम्म कुल ४२ लाख ५० हजार ७३० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसै गरी पछिल्लो २४ घण्टामा थप ३० सं’क्रमितको मृ’त्यु भएको छ । हालसम्म नेपालमा कोरोना सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्