सोमबार , माघ १०, २०७८

विमानस्थलमा विदेशीहरूको अ’पहरण हल्ला मात्र भएको ता’लिवानको स्पष्टोक्ति !

भाद्र ५, २०७८ शनिबार 257

काठमाडौं : काबुल विमानस्थल नजिकै विदेशी नागरिकको अ’पहरण भएको भनी कतिपय स्थानीय सञ्चारमाध्यमले शनिबार सम्प्रेषण गरेको समाचारलाई ता’लिबानका एक अधिकारीले खण्डन गरेका छन् ।

काबुलको विमानस्थलमा अझै पनि अमेरिकी नेतृत्वको उ’द्धार समूहले काम गरिरहेको र अ’पहरणकबारे आएका सूचना फगत हल्ला मात्र भएको ती अधिकारीले बताए ।“अ’पहरणबारे रिपोर्ट एउटा हल्ला हो । तालिबान सदस्यहरूले सबै विदेशी विमानस्थलमा विदेशीहरूको अपहरण हल्ला मात्र भएको ता’लिवानको स्पष्टोक्तिनागरिकलाई विमानस्थलमा पहुँच प्राप्त गर्न मद्दत गरिरहेका छन् ।

हामी विमानस्थलमा पुग्न सबै विदेशीहरूलाई सुरक्षित मार्ग प्रदान गर्न कटिबद्ध छौं,” तालिबानका प्रवक्ता अहमद उल्लाह वासेकले स्थानीय समाचार संस्था इटललाटरोजलाई बताउनुभयो ।

उहाँले शनिबार पनि तालिवान फौजले करिब १५० भारतीयलाई विमानस्थलमा सुरक्षित रुपमा प्रवेश गर्न साथ दिने बताउनुभयो । तालिवानले आइतबार अफगानको राजधानी कब्जा गरे लगत्तै हजारौं

अफगानीहरु देश छोड्न काबुल विमानस्थलमा पुगेका छन् । शनिबार बिहान तीनवटा उडानले अफगान भूमि छोड्न चाहने व्यक्तिलाई उद्धार गरेको स्थानीय फरहद मोहम्मदीले बताउनुभयो ।

हवाई उडान प्रक्रियामा सहयोग गर्न काबुल विमानस्थलमा करिब पाँच हजार अमेरिकी सेनाको खटाइएको छ ।एक हप्ताको अन्तरालमा विमानस्थलमा भागदौड मच्ँिदा र गोली चल्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ । तालिबानले मुलुकका अधिकांश भूभाग एक महिनाको अन्तरालमा कब्जा गरेपछि अफगानिस्तानको अवस्था अन्यौलग्रस्त बनेको छ ।

प्रतिकृया दिनुहोस्