बिहिबार , माघ ६, २०७८

‘वामदेव गौतम एमालेमै हुनुहुन्छ, एमाले छोड्यो भनेर चरित्र ह’त्या गरियो’ : सचिवालय

भाद्र ६, २०७८ आइतबार 188

काठमाडौं : नेकपा एमाले उपाध्यक्ष वामदेव गौतम नवगठित नेकपा एकीकृत समाजवादीमा नरहेको उनको सचिवालयले जनाएको छ ।
उपाध्यक्ष गौतम नेकपा एमालेमै रहेको आईतबार उनको स्वकीय सचिव

दीपक टमाटाले स्पष्ट पारेका हुन् । उनले पछिल्लो समय उपाध्यक्ष गौतम माधव नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादी पार्टीमा गएको साथै मन्त्री बन्दै भन्ने शिर्षका समाचारमा कुनै सत्यता नरहेको टमाटाले बताएका छन् ।

उक्त बिषयलाई टमाटाले गौतमको चरित्र हत्या गर्ने प्रयोजनले समाचारहरु प्रकाशित गरिएको भन्दै आलोचनासमेत गरेका छन् । उनले एमालेको नेतृत्वको कार्यशैलीप्रति भने लामो समयदेखि मतभेद राखेपनि पार्टीबाट भने नबाहिरिएको उनले स्पष्ट पारेका छन् ।

प्रतिकृया दिनुहोस्