शनिबार , अषोज ९, २०७८

आफैँले ओडेको रेनकोटले लियो ३० वर्षीय सुमनको ज्यान !

भाद्र ६, २०७८ आइतबार 219

काठमाडौं : हिमाली जिल्ला सोलुखुम्बुसहित धेरै ठाउँहरुमा शनिबार विहानै देखि धु’म्मिएको मौसम, मध्यन्नपछि बर्षात सुरु भयो । बर्षातकै विच माप्यदुधकोशी गाउँपालिका २ का ३० वर्षीय युवक सुमन राई मोटरसाईकलमा सल्लेरी तर्फ अघि बढे ।

ग्रामिण सडक त्यतिकै जोखिमयुक्त नै थियो अझ निरन्तरको बर्षातले सडक ग’लेर अत्यन्त हि’लाम्मे बनेको थियो ।बर्षात कै विचमा बासाबाट सल्लेरी तर्फ बा ५४ प ७८२९ नम्बरको २२० सिसिको पल्सर मोटरसाईकलमा निस्किएका सुमनले ओतका लागि रेनकोटको सहारा लिएका थिए ।

तर त्यहि रेनकोटले अन्तत उनको ज्यानै लियो । सुमनलाई के थाहा र बर्षातको द’र्किदो झरीबाट बच्न प्रयोग गरिएको रेनकोटले नै ज्यान लिन्छ भन्ने !प्रत्यक्षदर्शी सुकुमाया राईका अनुसार माप्यदुधकोशी गाउँपालिकाको दियाले सडक खण्ड अन्र्तगत वडा नम्बर ५ कागतेमा पुगेपछि एक्कासी उनले ओडेको रेनकोटको पछिल्लो भाग मोटर साईकलको पछाडीको चेनमा बे’रिन पुग्यो ।

रेनकोट लामो भएका कारण पछाडीको चेन तथा टायरमा बे’रियो । टाउको सहित जि’उ ढा’क्ने गरी ओ’डेको उक्त रेनकोट बे’रिएको केहि समयमै सुमन भुईमा ढ’ले, रेनकोड घाटीमा पा’सो लाग्दा उनको घ’टनास्थलमै मृ’त्यु भयो ।घ’टना स्थलमा पुगेका प्रहरीका अनुसार मृ’तक सुमनको घा’टीमा रेनकोटले बे’रिएको दा’ग देखिएको छ भने शरिरका अन्य भागमा भने चो’ट छैन् ।

सुमनको मात्र हैन ग्रामिण भेगमा सञ्चालन हुने मोटरसाईकलमा प्रयोग हुने रेनकोटले दु’र्घटनाको जोखिमलाई उच्च बनाइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरिक्षक (डिएसपी) कवित कटवालले बताउँनुभयो ।बर्षातको पानी छ’ल्न प्रयोग गरिने रेनकोट मोटरसाईकल तथा स्कुटरको चे’न तथा टा’यरमा बे’रिदा यस्ता दु’र्घटना निम्तन सक्ने डिएसपी कटवालको भनाई छ ।

कतिपय ठाउँमा महिलाहरुले लगाएको सारि र सल सवारी साधनको चेन तथा टायरमा बे’रिदा पनि थुप्रै दु’र्घटनाहरु भएको उदाहरण प्रसस्तै छन् ।सवारी च’लाउदा तथा यात्रा गर्दा यस्ता विषयहरुलाई ख्याल गरिएन भने मानिसहरुको ज्यानै जान सक्ने डिएसपी कटवालको सुझाव छ ।

प्रतिकृया दिनुहोस्