सोमबार , माघ १०, २०७८

सा’र्क राष्ट्रका सरकार प्रमुखहरूको बैठक आयोजना गर्न प्रधानमन्त्रीलाई आग्रह ।

भाद्र ७, २०७८ सोमबार 220

काठमाडाैँ : मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै विभिन्न मुद्दामा ध्यानाकर्षण गराएकाे छ । मानव अधिकार, शान्ति एवं समसामयिक

विषयमा ध्यानाकर्षण गराउँदै उक्त टाेलीले छलफल गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा आणविक अस्त्रको विकास, प’रिक्षण, उत्पादन-निर्माण, भण्डारण आदीलाई नि’षेध गरेको आणविक ह’तियार नि’षेध सन्धि लाई तत्काल अनुमोदन गर्न आग्रह गरेको छ ।

यसैगरी अफगानिस्तानमा ता’लिबानद्वारा सत्ता कब्जा पश्चात विकसित घ’टनाक्रमका कारण त्यहाँ फसेका सबै दक्षिण एशियाली नागरिकहरुको उ’द्धार र सकुसल आ-आफ्नो देश फिर्तिका लागि समेत सार्क प्रमुखहरूकाे बैठक बाेलाउन माग गरिएकाे छ ।

सार्कको वर्तमान अध्यक्षको नाताले नेपालले तत्काल सा’र्क राष्ट्रका सरकार प्रमुखहरुको भर्चुअल बैठक आयोजना गरी एकीकृत एवं प्रभावकारी अभियानको प्रारुप तयार गर्न शान्ति समाजले आग्रह गरेको हाे । यसैगरी विश्वव्यापी उष्णता, जलवायु परिवर्तन र हिमालय संरक्षणका सम्बन्धमा समेत ध्यानाकर्षण गराइएको छ ।

प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य विष्णु भुषाल र काठमाण्डौ शाखा सभापति ईश्वर पुडासैनी संलग्न रहेकाे समाजका कार्यक्रम अधिकृत सरिता पाैडेलले बताइन् ।

प्रतिकृया दिनुहोस्