सोमबार , माघ १०, २०७८

केजिएफ : च्याप्टर- २ को रि’लिज डेट तोकियो !

भाद्र ७, २०७८ सोमबार 182

काठमाडौं : सन् २०१८ मा रि’लिज भएको कन्नड फिल्म केजिएफ : च्याप्टर- १ ले दर्शकमा गहिरो प्रभाव पारेको थियो । पहिलो च्याप्टरपछि फ्यानहरू दोस्रो च्याप्टरको पर्खाइमा बसिरहेका छन् ।

फिल्मले रि’लिज डेट घो’षणा गरेको छ । फिल्म सन् २०२२ को अप्रिल १४ रि’लिज हुनेछ । यशले ट्वीट गर्दै उक्त कुराको जानकारी दिएका हुन् । च्याप्टर- २ मा पनि यश र श्रीनिधी शेट्टी शीर्ष भूमिकामा देखिनेछन् । पहिलो च्याप्टरभन्दा दोस्रो च्याप्टर अझ रोचक हुनेछ ।

किनभने च्याप्टर- २ मा संजय दत्त र रवीना टण्डनको पनि अभिनय देख्न पाइनेछ । संजय दत्त खलनायकको भूमिकामा देखिनेछन् । उनको लुक्स यसभन्दा अगाडि आइसकेको छ ।कन्नड भाषामा बनेको यो चलचित्र हिन्दी, तेलगू, तमिल र मलयालम भाषामा पनि रिलिज हुनेछ । फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका छन् ।

प्रतिकृया दिनुहोस्