सोमबार , माघ १०, २०७८

मुलुकभर थप १८०१ जनामा को’रोना पुष्टि, २४ जनाको मृ’त्यु !

भाद्र ७, २०७८ सोमबार 189

काठमाडौं : मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ८०१ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार३२६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ८०१ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ७०४ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ५४८ जना र २ हजार ६२२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ५३ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा को’रोना भा’इरस सं’क्रमितको कुल संख्या ८ लाख २९ हजार ४४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १९२४जना को’रोनामुक्त भए, २४ को मृ’त्यु
को’रोना भा’इरसको सं’क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ९२४जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सं’क्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३२६ जनाको परीक्षण हुँदा हालसम्म कुल ४२ लाख७४हजार ५७२जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।यसैगरी पछिल्लो २४ घण्टामा थप २४ सं’क्रमितको मृ’त्यु भएको छ । हालसम्म नेपालमा को’रोना सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्