शनिबार , अषोज ९, २०७८

खाली पेटमा तुलसी पानीको फाइदा !

भाद्र ७, २०७८ सोमबार 116

काठमाडौं : विष्णु मानेर पुजा गरिने तुलसीलाई स्वास्थ्यका लागि फाइद गर्ने जडिबुटिको रुपमा पनि प्रयोग गरिन्छ ।तुलसी–पानी स्वास्थ्यका लागि अति नै फाइदाजनक हुन्छ ।तुलसी पानीले हामीलाई विभिन्न रोगहरुबाट टाढा राख्छ ।

तुलसीको सेवन गर्नाले रुघा–खोकि मात्र नभएर पाचन सम्बन्धि समस्याबाट पनि राहत प्राप्त हुन्छ ।दिनहुँ तुलसीको पात सेवन गर्नाले शरीर डिटक्सिफाई हुन्छ ।यसका साथै तुलसीले शरीरको तापक्रममा पनि नियन्त्रणमा राख्छ । त्यस्तै तुलसीको पातको सेवनले वजन पनि कम हुन्छ ।यसको साथै कोलेस्ट्रल पनि बढ्दैन ।

यदि नियमित रुपमा खाली पेट तुलसीको पानी पिउनाले प्रतिरोधक क्षमता पनि बलियो हुन्छ ।विशेष गरेर वर्षायाममा बेसार र तुलसीको काँडाले प्रतिरोधक क्षमता मात्र बढाउने नभएर रुघाखोकि र घाँटि खसखसाउने समस्या कम गर्न पनि सहयोग हुन्छ ।

*पेटसंग सम्बन्धित कुनै पनि किसिमको समस्या छ भने तुलसी पानी पिएर राहत प्राप्त गर्न सकिन्छ ।

*यदि पेटमा एसिडिटि भएको छ भने दिनहुँ तुलसीको २–३ वटा पात चपाउनु पर्छ ।

*नरिवल पानीमा तुलसीको पातको रस र कागती मिसाएर पिउँदा यसले पेट दुख्न कम हुन्छ ।

*चिया अथवा काँडामा तुलसी मिलाएर सेवन गर्नाले पाचन सम्बन्धि समस्याबाट छुटकारा प्राप्त हुन्छ ।

*खानामा पनि तुलसीको रस र पात समावेश गर्नाले रोगहरुबाट टाढा रहन सकिन्छ ।

*दिनहुँ खाली पेटमा तुलसी पानी पिउनाले भाइरल इन्फेक्शनबाट बच्न सकिन्छ ।

*यदि रुघा–खोकी र घाँटि खस्खसाउने समस्या छ भने तुलसी पानी पिउनाले राहत प्राप्त हुन्छ ।

*मधुमेहका विरामीले तुलसी पानी पिउनाले मधुमेहको स्तर नियन्त्रणमा रहन्छ ।

*तुलसी पानीको सेवनले टक्सिक पदार्थ शरीरबाट बाहिर निस्कन्छ ।

*नियमित तुलसी पानीको सेवनले रोग प्रतिरोधक क्षमता बलियो हुन्छ ।

*तुलसी पानी पिउनाले पाचनसंग सम्बन्धित समस्या कम हुन्छ ।

*कब्जियत र पखालाको समस्यामा पनि राहत प्राप्त हुन्छ ।

प्रतिकृया दिनुहोस्