सोमबार , माघ १०, २०७८

सनाखत गरिरहेका माधव समूहलाई ओलीको आग्रह- ‘मूल घरमा फर्किनुस्, पूर्वाग्रह राख्दिनँ’ !

भाद्र ९, २०७८ बुधबार 254

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका वरिष्ठ नेता माधवकुमार नेपाललाई मूल घरमा फर्किन आग्रह गर्नुभएको छ ।

च्यासलमा पत्रकार सम्मेलन गर्दै ओलीले माधव समूहलाई मूल धरमा फर्कन आग्रह गर्नुभएको हो ।अहिले प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरु सनखतका लागि निर्वाचन आयोग पुगेका छन् भने एमालेले च्यासलमा पत्रकार सम्मेल गरिहेको छ ।

पत्रकार सम्मेलनमा ओलीले जारी गरेको प्रेस वक्तव्य एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सुनाउनु भएको थियो । वक्तव्यमा भनिएको छ– ‘तपाईंहरू मूल घरमा फर्किनुस्। यसअघिका कामको आधारमा म कुनै पूर्वाग्रह राख्दिनँ ।’निर्वाचन आयोगले सनाखतका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मलाई समय दिएको छ ।

प्रतिकृया दिनुहोस्