सोमबार , माघ १०, २०७८

‘बालकोटको बार्दलीमा उभिएर चर्चामा आउनु गलत हो’ ? :- ओली !

भाद्र ९, २०७८ बुधबार 161

काठमाडौं : नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बार्दलीमा उभिएर चर्चामा आउनु गलत हो भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

बुधबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफ्नो कार्यकालमा आफूलाई काम गर्न नदिइएको र बार्दलीमा उभिएर चर्चामा आउनु गलत नभएको बताए ।

उनले भने, ‘आफूले बार्दलीमा उभिएर चर्चामा आउनु गलत हो ? हिजोको सरकारलाई काम गर्न दिइएन, अहिलेको सरकारले कामै नगरेर संसद चलेन ।’

आफूले ल्याएको अध्यादेश कुनै पनि दल विभाजन गर्न नल्याइएको पनि उनले सम्मेलनमा भनेका छन् । उनका अनुसार अहिलेको सरकारले पार्टी फुटाउनकै निम्ति राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको छ ।

त्यसपछि माधवकुमार नेपाल नेतृत्वले आयोगमा दर्ता गरेको नयाँ पार्टी एकीकृत समाजवादीले कम्युनिष्ट एकतालाई असर नगर्ने बताए । उलने टुक्राटाक्री जोडेर बनेको पार्टीले एमालेलाई असर नगर्ने र एमाले नै कम्युनिष्टको मूलधार रहेको पनि स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस्