शनिबार , अषोज ९, २०७८

दुर्लभ जनावरको अङ्ग बोकेर गोरखाका यात्रु वीरगञ्जको बसमा ।

भाद्र ९, २०७८ बुधबार 98

काठमाडौं : दु’र्लभ वन्यजन्तुका धेरै वटा आखेटोपहार बोकेका गोरखाका यात्रु वीरगञ्जको बस चढी काठमाडौं छिर्नै लाग्दा प’क्राउ परेका छन् । थानकोट नागढुंगामा प्रहरीले चेकजाँच गर्दा उनी प’क्राउ परेका हुन् ।

गोरखा पालुङटार नगरपालिका–५ घर भएका ६५ वर्षीय सोनाम तामाङलाई प्रहरीले आखेटोपहारसहित पक्रेको हो । वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ५८६४ नम्बरको बसमा सवार सोनामको साथबाट प्रहरीले २ थान हुचिलको खुट्टा र दुईवटा हुचिलको पञ्जा बरामद गरेको छ ।

त्यसैगरी यकिन हुन नसकेको हड्डी, ४ सय ग्राम जंगली जनावरको सुकुटी,तीनवटा शंख र टल्कने ढुंगा पनि बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

शंख र ढुङ्गा अनुसन्धानको लागि पुरातत्व विभाग रामशाहपथ पठाइएको छ । तामाङलाई भने डिभिजन वन कार्यालय हात्तिसारमा पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रतिकृया दिनुहोस्