मंगलबार , साउन १२, २०७८

सि’न्धुपाल्चोकमा बाढीको वि’तण्डा : ५० जना मान्छे बे’पत्ता, ब’जार बन्यो हे’र्दाहेर्दै बगर

असार २, २०७८ बुधबार 219

अविरल वर्षापछि मे’लम्चीमा आएको बाढीले कम्तिमा ५० जना सम्पर्क’विहीन बनेका छन् । बाढीले एउटा बजार र चारवटा पक्की पुल बगाएको छ । हिजो बेलुका साढे ६ बजे हेलम्बु १ स्थित ना’कोटे भन्ने ठाउँमा ठूलो पहिरो गएको थियो ।बाढी र पहिरोले हेलम्बुको तिम्बु बजार सिंगै बगाएको छ ।

यसैगरी चनौटे भन्ने बजार पनि डुबानमा परेको छ । नदीेउका घरटहरा सबै बगेका छन् । मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्ष’तविक्षत बनाएको प्रहरीले जनाएको छ । हेलम्बुको चनौटेमा रहेको पुल र नाकोटेमा रहेको पुल पनि बगाएको छ । नाकोटेको पुल हालसालै नि’र्माण सम्पन्न भएको थियो ।

यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ। बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका सं’रचनामा पनि क्षति पुगेका छन्। पहिरोले मे’लम्चीको आयोजनाको सुरुङमा क्षति पुगे-नपुगेको पनि एकिन भएको छैन। बाढीले ५० औँ जना बेपत्ता भएको स्था’नीयले बताएका छन्।सिन्धु’पाल्चोकका एक

प्रहरीका अनुसार ४/५ जना व्यक्ति सम्पर्कविहीन भएको प्रा’रम्भिक जानकारी छ। तर यति जना नै बेपत्ता भए भन्ने कुरा अहिले एकिन भइसकेको छैन। नदी किनाराका सम्पूर्ण सं’रचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जानकारी दिएका छन्। उनले यो प्रा’कृतिक विपत्तिमा सबैलाई सं’यमता पूर्वक उद्दार र राहतमा जुट्न अपिल गरेका छन्। तस्विर तल हेर्नुहोस

प्रतिकृया दिनुहोस्