शनिबार , अषोज ९, २०७८

शेरधन राईले दिए संसदीय दलको नेताबाट राजीनामा

भाद्र १०, २०७८ बिहिबार 197

काठमाडौं : प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले संसदीय दलका नेताबाट राजीनामा दिनुभएको छ । आज नेकपा (एमाले) प्रदेश १ संसदीय दलको बसेको बैठमा उहाँले राजीनामा दिनुभएको हो ।

राईले दलकाे नेताबाट राजीनामा दिएलगत्तै एमालेको प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य चयन हुनुभएकाे छ । आचार्यलाई आजै मुख्यमन्त्री बनाउने एमालेको तयारी रहेको रहेकाे छ ।

काठमाडौंमा रहेका मुख्यमन्त्री राई आचार्यका लागि मार्ग प्रशस्त गर्न बिहानै जहाजबाट विराटनगर जानुभएकाे थियाे । २०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधन आचार्यसँग २४ का वि’रुद्ध २६ मत ल्याएर संसदीय दलको नेता निर्वाचित हुनुभएकाे थियाे ।

प्रतिकृया दिनुहोस्