भाद्र १०, २०७८ बिहिबार 611
काठमाडौं : नेकपा (एकीकृत समाजवादी’का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता परिर्माजन गर्नुपर्ने बताएका छन् ।
निर्वाचन आयोगले नयाँ पार्टीको मान्यता प्रदान गरेपछि विहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले एमसीसी सम्झौता परिर्माजन गर्नुपर्ने बताएका हुन् ।
‘एमसीसी सम्झौता परिमार्जन गरेर नेपालको हितमा प्रयोग होस् र अन्य कुनै पनि रणनीतिक योजनाको अंग नबनोस्’, भन्दै अध्यक्ष नेपालले भने, ‘नेपालको हित कुठाराघात नहोस् र कुनै पनि देशविरुद्ध लक्षित नहोस् ।’
प्रतिकृया दिनुहोस्