शनिबार , अषोज ९, २०७८

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खा’रेज गर्न जसपा अध्यक्ष यादवको आग्रह !

भाद्र १०, २०७८ बिहिबार 188

काठमाडौं : देउवा सरकारले एमाले फुटाउन मात्र राजनैतिक दल वि’भाजन सम्बन्धी अध्यादेश ल्याएको आ’रोप लागिरहेको बेला गठबन्धनको सहयात्री दल जनता समाजवादी पार्टी नेपालले नै तत्काल अध्यादेश फिर्ता लिन वा खा’रेज गर्न माग गरेको छ ।

विहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशमा अत्यन्त घा’तक प्रावधान रहेकाले यसलाई तुरुन्त फिर्ता लिन वा खा’रेज गर्न सरकारसँग आग्रह गरेका हुन् ।

उनले संसद अन्त्य गरेर अध्यादेश ल्याउने कार्य लोकतन्त्र र संविधान विपरित भएकाले अध्यादेश गलत भएको र अध्यादेशबाट मुलुक चलाउने विधि र पद्धति अन्त्य गरिनुपर्ने धारणा व्यक्त गरे ।

एक प्रश्नको जवाफमा अध्यक्ष यादवले वर्तमान सरकार लोकतन्त्र र अग्रगमनका लागि बनेको बताउदै गठबन्धन सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनैतिक संयन्त्र गठन गरिनुपर्ने बताए । उनले चाडै नै आफूहरु सरकारमा सहभागी हुने र मन्त्रालय बाँडफाड बारे टुंगो लागेपछि सरकार विस्तार गरिने बताए ।

अध्यक्ष यादवले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी वर्तमान सरकारमा सहभागी नहुने विश्वास व्यक्त गरे । उनले लोकतान्त्रिक समाजवादी पार्टी सहभागी भएमा आफूहरुले सोच्नुपर्ने अवस्था आउने धारणा व्यक्त गरे ।

अध्यक्ष यादवले संघीयताको मर्म र भावना अनुसार स्थानीय तहहरु प्रदेशको मातहत हुनुपर्ने जिकिर गर्दै संविधान संसोधन गरेर भएपनि प्रदेशलाई अधिकार सम्पन्न बनाएर स्थानीय तहलाई प्रदेश सरकार मातहतल ल्याउनु पर्ने बताए ।

प्रतिकृया दिनुहोस्