बिहिबार , माघ १३, २०७८

मनाङ र सिन्धुपाल्चोकमा राहत पठाइँदै

असार २, २०७८ बुधबार 315

अविरल वर्षापछि घरबारविहीन भएकाहरूलाई सरकारले राहत पठाउने तयारी गरेको छ।मनाङ र सिन्धुपाल्चोकमा आज राहत लैजाने तयारी गरिएको गृह मन्त्रालयअन्तर्गत

राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिए।मनाङका ताल गाउँ, चामेलगागत क्षेत्रमा बाढीपहिरोले घरहरूमा क्ष’ति पुगेको छ।यस्तै सिन्धुपाल्चोकमा

मेलम्ची बजार र हेलम्बु गाउँपालिका वडा नम्बर १ र २ मा बाढीले क्ष’ति पुर्‍याएको छ। हेलम्बु गाउँपालिकामा अहिलेसम्म ७ जनाको मृ’त्यु भइसकेको छ।

लेदोसहितको बाढीले घर तथा टहराहरूमा क्ष’ति पुर्‍याएको छ। तामाङका अनुसार सिन्धुपाल्चोकमा ट्रकमार्फत् र मनाङमा हेलिकप्टरमार्फत् खाद्यान्नलगायत राहत सामग्री लैजाने तयारी गरिएको छ।

प्रतिकृया दिनुहोस्