सोमबार , माघ १०, २०७८

चितवनमा ४ दिनमै प’क्राउ परे ८९ फरार आ’रोपी !

भाद्र १२, २०७८ शनिबार 161

काठमाडौं : जिल्ला प्रहरी कार्यालय, चितवनले चार दिनमा ८९ फरार आ’रोपी प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा ८१ पुरुष र आठ महिला रहेका छन् ।

कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार यही भदौ ८ देखि ११ गतेसम्म सञ्चालन गरिएको फरार व्यक्ति प’क्राउ अप्रेसनका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

प’क्राउ पर्नेमा चोरी, ला’गुऔषध, बहुविवाह, वन पैदावर, कीर्ते, जुवा, केही सार्वजनिक अ’पराध, जालसाजी, सम्बन्धविच्छेद, सवारी अङ्गभङ्ग, सवारी ज्यानलगायतका मुद्दाका व्यक्ति रहेको उहाँले जानकारी दिनुभयो ।

उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको उहाँले बताउनुभयो । पक्राउ परेका उनीहरुबाट तीन वर्ष एक महिना पाँच दिन कैद तथा रु १३ लाख ७० हजार १२३ ज’रिवाना असुली गरिएको छ ।

प्रतिकृया दिनुहोस्