सोमबार , माघ १०, २०७८

मलाई ष’ड्यन्त्रपूर्वक हटाइएको थियो, चुनावबाटै ब’दला लिन्छु : केपी ओली

भाद्र १२, २०७८ शनिबार 207

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनलाई रुखको पात पहेँलिएर झरेको संज्ञा दिएका छन् ।

शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले माधव कुमार नेपालले पार्टी दर्ता गर्नुलाई रुखको एक दुई पात झरेको जस्तै भएको टिप्पणी गरेका हुन् ।

उनले पार्टी फुटेको नभइ पार्टीका बि’ग्रीएको मान्छेले छोडेको बताए । ‘एमाले पार्टी फुटेको होइन, बि’ग्रेका मानिसले छोडेका मात्रै हो,’ उनले भने, ‘पार्टी फुट्नु र चोइटिनुमा फरक छ।’

केही पात झरेर रुखलाई फरक नपर्ने अध्यक्ष ओलीको भनाइ छ । अध्यक्ष ओलीले माधव नेपालले एक्लै नसक्ने देखेर अन्य पार्टीहरुसँग मोर्चाबन्दीको कसरत गरिरहेको पनि टिप्प्णी गरेका छन् ।

आफूलाई प्रधानमन्त्रीबाट ष’ड्यन्त्रपूर्वक हटाइएको बताउदै उनले आउदो चुनाबमा कसैलाई जित्न नदिएर बदला लिने दावी पनि गरेका थिए ।

प्रतिकृया दिनुहोस्