शनिबार , अषोज ९, २०७८

वाईसीएल नेपालले लञ्च गर्‍यो आफ्नो आधिकारिक वेबसाइट !

भाद्र १२, २०७८ शनिबार 75

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध युवा संगठन वाईसीएल नेपालले आधिकारिक वेबसाइड लञ्च गरेको छ ।

वाईसीएल नेपालले राष्ट्रिय भेलाको अवसर पारेर वाईसीएल नेपालको आधिकारिक वेबसाइड पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले लञ्च गरेका हुन् । युवा संगठनलाई डिजिटल मैत्री बानाउने गद्देश्यका साथ वाईसीएलले यस वेबसाइडको विकास गरेको हो ।

वाईसीलका महासचिव सुवोध सेर्पालीले भने, ‘हाम्रो संगठन सम्बन्ध सम्पूर्ण जानकारी यस वेबसाइटमार्फत् जानकारी हुने र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका युवाले वाईसीएलको सदस्यता लिन चाहेमा अनलाइनमार्फत सहज रुपमा सदस्यता लिन सक्नेछन् ।’वाईसीएल नेपाल भर्चुअल भेला गर्ने प्रविधि मैत्री पहिलो राजनीतिक संगठन हो ।

प्रतिकृया दिनुहोस्