शनिबार , अषोज ९, २०७८

एमालेसँग एक्लै लड्न कसैले सक्दैन : ओली !

भाद्र १२, २०७८ शनिबार 119

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै ल’ड्न कुनै पार्टीले पनि नसक्ने बताएका छन् ।

आज ललितपुरमा आयोजित युवा संघको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।ओलीले भने, ‘एमालेसँग एक्लै ल’ड्न सकिन्न भन्ने सबैलाई थाहा छ । कसैले नचिताए हुन्छ ।’ १० वटा पार्टी मिल्दा पनि जम्माजम्मी १२० जना पुग्ने ओलीले दावी गरे ।‘एक–एक दर्जन मान्छे भएका दश पार्टी मिल्दा कति हुन्छ ? १० दर्जन नै त भए होला नि होइन ?

१२० जनाको मोर्चाले कसरी हामीसँग लड्ने ? अरु सबै जोड्न पनि एमालेको कम्मर कम्मर मात्रै आउने हुन् ।’उनले आफ्नो पार्टी ढोडका लौरा समातेर जंगार तर्ने पार्टी नभएको भन्दै एमालेसँग पौडिएर नदी तर्ने क्षमता रहेको दाबी गरे । उनले एमालेले दुनियाँ बदल्ने सक्ने पनि दाबी गरे ।

उनले देशमा विकासको क्रान्ति गर्ने पनि बताए । उनले एमाले नेपालको राजनीतिको प्रमुख धार नै भएको पनि दाबी गरे ।उनले अबको चुनावमा प्रतिस्पर्धीहरु हुने तर प्रतिस्पर्धा नहुने भविष्यवाणी गरे ।

‘चुनावमा उठेपछि प्रतिस्पर्धी हुन्छन् ।तर अबको चुनावमा एमालेको कसैसँग प्रतिस्पर्धा हुँदैन,’ ओलीले भने, ‘एमालेबाट को उम्मेदवार बन्छ, अहिले थाहा छैन, तर जो उठे पनि जित्छ । हामीले प्रतिस्पर्धा हुन दिने नै होइन ।’

प्रतिकृया दिनुहोस्