बिहिबार , माघ ६, २०७८

पाँच दलीय गठबन्धनलाई जोगाउनु मेरो क’र्तब्य हो :- अध्यक्ष दाहाल !

भाद्र १२, २०७८ शनिबार 214

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र, देशको सम्पूर्ण जनता र अन्य सबै पार्टीसँग सहकार्य गर्नु आफ्नो दा’यित्व भएको बताएका छन् ।

शनिबार वाईसीएल नेपालको राष्ट्रिय भेलामा अध्यक्ष दाहालले ठूलो मेहनतबाट पाँच दलीय गठबन्धन आर्जेको भन्दै यसलाई जो’गाउनु आफ्नो क’र्तब्य भएको बताएका हुन् ।

अर्को प्रसङ्गमा अध्यक्ष दाहालले माधव नेपाल र आफू सोझो भएर लड्डु खान लाग्दा केपी ओलीले बे’इमानी गरेको पनि बताए । एकता गरेर ओलीबाट ठूलो ज्ञान प्राप्त गरेको उल्लेख गर्दै तमासुक गर्दा समेत ओलीले ठ’गी धन्दा गरेको आ’रोप लगाए ।

अब संविधान, लोकतन्त्र र राष्ट्रियतामा समझौता नगरी रक्षाका लागि पूर्ण प्रतिबद्ध भई गठबन्धनलाई निरन्तरता दिनुपर्ने उल्लेख गरे । साथै उनले राष्ट्रिय एकताको झण्डा उठाउदै सहकार्य गर्दै अगाडि बढ्नुपर्ने पनि बताए ।

प्रतिकृया दिनुहोस्