मंगलबार , साउन १२, २०७८

राहात सहित सिन्धुपाल्चोक पुग्यो इन्द्रेणी टिम

असार २, २०७८ बुधबार 295

काठमाडौं, असार २। इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कंडेलको नेतृत्वमा इन्द्रेणी टिम राहात सहित सिन्धुपाल्चोकको हेलम्बु पुगेको छ । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बेपत्ता भएका ७ जनाको श’व भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाका अनुसार मंगलबारदेखि बे’पत्ता भएका ७ जनाको श’व भेटिएको हो ।डीएसपी सापकोटाका अनुसार मृ’तकमध्ये ६ जनाको पहिचान खुलेको छ । उनका अनुसार मृ’तकहरू सबै मेलम्ची ट्राउट फर्ममा कार्यरत थिए ।

मृ’त्यु हुनेहरूमा हेलम्बु २ का ३१ वर्षीय माधव भण्डारी , ४२ वर्षका गणेश ज्योति, हेलम्बु ३ का १३ वर्षीया टीकामाया खड्का,हेलम्बु ७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल र हेलम्बु(६ का च्याङ्बा तामाङ छन् ।

जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । इन्द्रावती र मेलम्ची जोड्ने मोटरेबल पुल बगेको डीएसपी सापकोटाले बताए । हेलम्बुबाटै उर्लिंदै आएको मेलम्चीले आठवटा ट्राउट माछा फर्म, नाकोते पुल, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमाह्योल्मो बसपार्क, सिटी पार्क बगाएको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्