शनिबार , अषोज ९, २०७८

चेल्सी र लिभरपुल बराबरमा रोकियो !

भाद्र १३, २०७८ आइतबार 88

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा चेस्सी र लिभरपुल १–१को बराबरीमा रोकिएको हो ।

खेलको पहिलो हाफमा चेल्सीले अग्रता लिएपनि जोगाउन सकेन । खेलको २२ औं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उनले रिस जेम्सको कर्नरमा गोल गरेका थिए ।

पहिलो हाफको इ’न्ज्युरी समयमा चेल्सी १० खेलाडीमा समेटिए । जेम्सले गोललाइनमा गोल बचाउने क्रममा बलले हातमा लागेपछि रेफ्रीले रातो कार्ड दिँदै लिभरपुललाई पेनाल्टी दिए ।

उक्त पेनाल्टीको सदुपयोग गर्दै मोहमद सलाहले खेल बराबरीमा ल्याए ।
दोस्रो हाफमा लिभरपुलले एकतर्फी आ’क्रमण गरेपनि खेलमा अग्रता बनाउन सकेन । यस बराबरीले दुवै टोलीको अ’पराजित यात्रा कायम रहेको छ । दुवै टोलीले ३ खेलमा समान ७(७ अंक जोडेका छन् ।

प्रतिकृया दिनुहोस्