शनिबार , अषोज ९, २०७८

ला लिगामा रियल म्याड्रिड शीर्षस्थानमा !

भाद्र १३, २०७८ आइतबार 94

काठमाडौं : स्पेनिस ला लिगामा रियल म्याड्रिड शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई १–० गोल अन्तरले प’राजित गर्दै लिगको शीर्षस्थानमा उक्लिएको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा ड्यानी कार्भाजलले गरेको गोल नै निर्णयक गोल बन्यो । ६१औं मिनेटमा बेन्जेमाबाट पासमा उनले गोल गरेका थिए । त्यसअघि ५४औं मिनेटमा करिम बेन्जेमाले गोलले मान्यता पाएन ।

क्यासमिरोको पासमा बेन्जेमाले गरेको गोल अफसाइड ठहरिए ।
यो जितसँगै अ’पराजित रहेको रियल ३ खेलबाट ७ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । समान ७ अंक नै भएपनि सेभिया, भ्यालेन्सिया र मलोर्का गोल अन्तरमा शीर्ष चारमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्