शनिबार , अषोज ९, २०७८

ओलीले आफूसँग जोडिएका अनियमितताबारे छानबिन गर्न किन बाधा गरेको ?’ – अध्यक्ष नेपाल !

भाद्र १३, २०७८ आइतबार 78

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महालेखा परीक्षकको प्रतिवेदन पढ्न अनुरोध गरेका छन् ।

नवगठित नेकपा एकीकृतको समाजवादीको संसदीय दलको बैठकमा बोल्दै उहाँले आफूले जस्तो काम कसैले नगरेको भन्दै दावी गर्ने ओलीले महालेखा परीक्षकको प्रतिवेदन पढ्नुपर्ने बताएका हुन् ।

ओलीले आफ्नो कार्यकालमा अनियमितताको बिषयमा अध्यायन गर्नुको साटो उल्टो बाधा गरेको आरोपसमेत अध्यक्ष नेपालले लगाएका छन् ।

‘ओलीले आफ्नो कार्यकालमा लागेका अनियमितताको आरोपप्रति छनविन गर्न किन गम्भीरता देखाएनन् ? यदी उनको संलग्नता नभएको भए किन बाधा गरेको ?’ अध्यक्ष नेपालले भनेको छन् ।

प्रतिकृया दिनुहोस्