शनिबार , अषोज ९, २०७८

मुलुकभर थप १३८८ जनामा को’रोना पुष्टि, २२६० जना निको भए !

भाद्र १३, २०७८ आइतबार 89

काठमाडौं : ल’कडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक को’रोना सं’क्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ३८८ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २९७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३८८ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार २५९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार २१४ जना र ३ हजार ३८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ७४ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा को’रोना भा’इरस सं’क्रमितको कुल संख्या ८ लाख ४२ हजार १९३ पुगेको छ ।पछिल्लो २४ घण्टामा २२६० जना को’रोनामुक्त भए, २४ को मृ’त्यु

को’रोना भा’इरस (को’भिड–१९)को सं’क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार २६० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा को’रोना सं’क्रमणमुक्त हुनेहरुको संख्या ७ लाख १२ हजार ७१२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार २९७ जनाको परीक्षण हुँदा हालसम्म कुल ४३ लाख ५५ हजार ६३६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा को’रोना सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या १० हजार ७१४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्