शनिबार , अषोज ९, २०७८

नागढुंगा नजिकैको सडकमाथि पहाड खस्दा सर्वसाधारणलाई सा’स्ती !

भाद्र १३, २०७८ आइतबार 21

काठमाडौं : शुक्रबारदेखिको अ’विरल वर्षाका कारण काठमाडौं प्रवेश गर्ने प्रमुख विन्दु नागढुंगामा आइतबार सर्वसाधारणले सास्ती व्यहोर्नुपर्‍यो ।

अ’विरल वर्षापछि आइतबार विहान प’हिरो खस्दा नागढुंगादेखि ५०० मिटर तल चिसापानीमा पहिरो खसेर सडक अ’वरुद्ध भएको थियो । त्यस क्रममा हजारौं गाडी जाममा परेका थिए ।

ट्राफिक प्रहरी इन्सपेक्टर त्रिभुवन थापाका अनुसार विहानदेखि अ’वरुद्ध भएको सडक ११ बजेतिर एकतर्फी रुपमा सञ्चालनमा आएको थियो ।

त्यस्तै साढे १ बजेदेखि भने दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । वर्षाका कारण जमिन गलेपछि ८-१० वटा रुखसहित पहाड नै सडकमाथि खसेको थियो ।अहिले भने उक्त सडकमा निर्वाध रुपमा यातायात सञ्चालन भइरहेको छ ।

प्रतिकृया दिनुहोस्