सोमबार , माघ १०, २०७८

नेकपा एकीकृत समाजवादीले मन्त्रीका लागि मापदण्ड बनाउने !

भाद्र १४, २०७८ सोमबार 107

काठमाडौँ : माधवकुमार नेपाल नेतृत्वको नवगठित नेकपा (एकीकृत समाजवादी) ले मन्त्री बन्नका लागि मापदण्ड बनाउने भएको छ । पार्टीका तर्फबाट मन्त्रिपरिषदमा सहभागी हुने व्यक्ति छनोटका लागि नेपाल नेतृत्वको पार्टीले मापदण्ड तय गर्ने भएको हो ।

पार्टीमा मन्त्रीका आकांक्षी बढेपछि निश्चित मापदण्ड बनाएर मन्त्रिपरिषदमा सामेल हुने व्यक्तिका निर्णय गर्ने तयारी भइरहेको छ, नेकपा (एकीकृत समाजवादी) का एक नेताले भने ।

भुगोलसहितको समावेशीता र इतिहास र वर्तमानलाई समेत जोड्ने गरी मापदण्ड बनाउने पार्टीको तयारी रहेको छ ।

यसहघि पार्टी सदस्यताका लागि पनि सो पार्टीले मापदण्ड निर्धारण गर्दै सरकारी कर्मचारी, शिक्षक तथा प्राध्यापक, भ्रष्टाचारीलाई पार्टीको सदस्यता नदिने नीति बनाएको थियो

प्रतिकृया दिनुहोस्