सोमबार , माघ १०, २०७८

वर्तमान सरकारलाई सुरुवातमै कु’पोषण लाग्यो : महेश बस्नेत

भाद्र १४, २०७८ सोमबार 187

काठमाडौं : नेकपा (एमाले)का नेता एवं सांसद महेश बस्नेतले एमालेले १४ सांसदलाई का’रबाहीको सिफारिस गरेकोमा सभामुखले बिभिन्न जाल झेल गरेर का’रवाही नगर्ने निर्णय गरेको आ’रोप लगाएका छन् ।

बस्नेतले नेपाली संसदको उपहास गर्दै सभामुख अग्नी सापकोटाले बिगतको गुरिल्ला शैलीमा झैँ छुट्टै सरकार र संसद झल्को दिने गरी एमालेको १४ सांसदलाई का’रवाही नगर्ने निर्णय गरेको आ’रोप लगाएका हुन् ।

सोमबार भक्तपुरस्थित रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बस्नेतले वर्तमान सरकारलाई सुरुवातमै कु’पोषण लागेको समेत आ’रोप लगाए । वर्तमान सरकारमा सामेल दलहरुले संबिधान भन्दा माथि गएर काम गरेको र अध्यादेशबाटै संसदलाई निरन्तरता दिने

प्रक्रियाका साथै एमाले फुटाउने अभियानमा मात्र केन्द्रित भएकाले सरकारले पूर्णता पाउन नसक्नु कु’पोषणको लक्षण भएको बस्नेतले बताए । वर्तमान अवस्थामा राष्ट्रिय सहमतिको सरकार निर्माण गरि मितब्ययी

रुपमा तीनै तहको निर्वाचन एकै समयमा गर्नु नै अन्तिम बिकल्प रहेको बस्नेतको भनाइ छ ।उनले संविधानको मिचेर अ‍नेका खालका अध्यादेश ल्याएर निर्वाचनलाई पछि धकेल्दै संसदमा सांसदबीच फोहोरी खेल खेल्दै एमालेलाई कम्जोर बनाउँने सपना नदेख्न र निर्वाचनमा उत्रन समेत आह्वान गरे ।

प्रतिकृया दिनुहोस्