सोमबार , माघ १०, २०७८

मेयरलाइ फोहोर उपहार !

भाद्र १४, २०७८ सोमबार 138

काठमाडौं : तीन सातादेखि सडकमा थुप्रिएको फोहोर नउठाएको वि’रोधमा काठमाडौं महानगरपालिका कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरिएको छ । युथ कांग्रेस नेपालले सोमबार सुन्धारास्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरेको हो ।

युथ कांग्रेसका कार्यकर्ताहरुले फोहोर फालेर सांकेतिक वि’रोध प्रदर्शन गरेका हुन् ।उनीहरुले ‘मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनीति फोहोरी शहर’ लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइट जाने सडक बिग्रिएको कारण देखाएर काठमाडौं उपत्यकामा तीन सातादेखि फोहोर संकलन गर्न छाडिएको छ ।

घरायसीदेखि व्यापारिक र स्वास्थ्य संस्थासम्मका फोहोरमैला उठेका छैनन् ।जसका कारण घर तथा कार्यालयमा फोहोर थुप्रिएपछि मानिसहरुले सडक किनारमा फालेका छन् । सडकमा फोहोर थुुप्रिएपछि दु’र्गन्ध फैलिएको छ ।उता काठमाण्डौ उपत्यकाको फोहर व्यवस्थापनका लागि सहजीकरण गरिदिन काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्नुभएको छ ।

नेपाल सरकारले नुवाकोटको सिसडाेल (बञ्चरेडाँडा) मा बनाइरहेको ल्यान्डफिल साइट निर्माण पूरा नभएको र सिसडोलसम्म जाने बाटो अत्यन्तै खराब भएकाले फोहर व्यवस्थापन गर्न कठिन भएको भन्दै शाक्यले बाटो बनाइदिन प्रधानमन्त्रीलाई पत्र लेख्नुभएको हो ।

मेयर शाक्यले पत्रमा लेख्नुभएको छ, ‘नेपाल सरकारबाट काठमाण्डौ उपत्यकाको फोहरमैलाको दीर्घकालीन समस्या समाधानका लागि निर्माणाधीन बञ्चरे डाँडा स्यानीटरी ल्यान्डफिल साइटको अहिलेसम्म पनि निर्माण कार्य सम्पन्न नभएको र त्यो ल्यान्डफिल साइटमा पुग्ने बाटोसमेत

निर्माण सम्पन्न हुन नसकेको कारण उपत्यकाको फोहरमैला व्यवस्थापनमा अ’वरोध पुगेको छ । यस अवस्थामा तत्काल बञ्चरे डाँडा ल्यान्डफिल्ड साइट र त्यो साइटसम्म पुग्ने बाटो अविलम्ब निर्माण गरी गरिदिनु हुने अनुरोध गर्दछ ।’अहिले काठमाण्डौ महानगरपालिकाबाहेक २० भन्दा बढी पालिकाबाट उत्सर्जन हुने फोहरको अन्तिम जिम्मेवारी काठमाण्डौ महानगरपालिकाबाट हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्