सोमबार , माघ १०, २०७८

वाईसीएलको अध्यक्ष छान्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई !

भाद्र १४, २०७८ सोमबार 111

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) को नेतृत्व छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ ।

सहमतिसहित नेतृत्व चयनको प्रयास अ’सफल भएपछि वाईसीएलले सहमतिमा अध्यक्ष चयन गर्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको हो ।
शनिबारदेखि जारी सम्मेलनमा सहमतिसहित नेतृत्व चयनको प्रयास असफल

भएपछि सोहिबारे निर्णय लिन माओवादी केन्द्रको आकस्मिक स्थायी कमिटी बैठक बसेको थियो ।बैठकले वाइसिएलबारे आवश्यक निर्णय गर्न अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको माओवादीका एक नेताले जानकारी दिए ।वाईसीएलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि हालका उपाध्यक्ष सुमन देवकोटा र महासचिव सुवोधराज शेर्पालीको दाबी रहेको छ ।

प्रतिकृया दिनुहोस्