शनिबार , कार्तिक ६, २०७८

जीवन विकास लघुवित्तको आईपीओ असार ११ गतेदेखि बिक्रि खुला

असार ३, २०७८ बिहिबार 218

जीवन विकास लघुवित्तले असार ११ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ । लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन धितोपत्र बोर्डबाट अनुमति

पाएपछि १०० रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आइपिओ बिक्री गर्न लागेको हो । यसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ३० हजार ४ सय २० कित्ता कर्मचारी र कुल निष्कासनको

५ प्रतिशत अर्थात ९८ हजार ८ सय ६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिनेछ । यस आइपिओमा असार १५ गतेसम्म आवेदन दिन सकिन्छ ।

यस आईपीओलाई इक्रा नेपालले आइआर ‘बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।

प्रतिकृया दिनुहोस्