बिहिबार , जेठ १२, २०७९

एमालेले दिँदैछ यस्तो निर्णय, दशैं अगावै ठूलै राजनीतिक भूकम्पको ख’तरा ?

भाद्र १५, २०७८ मंगलबार 603

काठमाडौं : कुनै बेला दुई तिहाइएको सरकार चलाएको नेकपा एमाले वि’भाजन भयो । एमालेमै रहेका नेताहरुबीच पनि बे’मेल छ । राजनीतिक दल वि’भाजन सम्बन्धी अध्यादेशले धेरै पार्टीहरुमा विभाजनको चिरा परिसकेको छ ।

सरकारमा गएको राजनीतिक दलहरुले पनि राम्रो संकेत देखाएका छैनन् । यस्तो अवस्थामा दशैं अगाडी ठूलै राजनीतिक भुकम्पको ख’तरा देखिएको छ ।२१ भदौसम्म प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नो कित्ता छुट्याउन निर्वाचन आयोगले समय तोकिदिएको छ ।

अध्यादेश अनुसार २२ दिनभित्र आफ्नो कित्ता क्लीयर गरे अहिले रहिआएको पद नगुम्ने भनिएको छ ।नेकपा एमालेवाट वि’भाजन भएको माधव नेपालको पार्टी र जसपावाट अलग भएको महन्त ठाकुरको पार्टीका नेताहरुले आफ्नो कित्ता क्लियर गर्नुपर्नेछ ।यसले विभिन्न प्रदेशहरुमा सत्ता परिवर्तन देखि अर्ली इलेक्सनको सम्भावना बढेर गएको छ ।

सरकारमा जान नपाए केही दलका सांसदहरु कठोर निर्णय लिन ठिक्क परेका छन् । फुट भोगेको नेकपा एमाले अदालत जाँदैछ । १४ सांसदको विषयमा एमाले अदालत जान लागेको हो । एमालेले का’रवाही गरेका सांसदहरुलाई संसदले पद रिक्त रहेको सूचना सार्वजनिक नगर्ने भएपछि अदालत जान लागेको हो ।

धेरै विषयहरु फेरि सर्वोच्च अदालत पुग्ने क्रममा छन् । प्रधानन्यायाधीश माथि नै प्रश्न उठेपछि उनी संवैधानिक इजलाशबाट अलग्गिएका छन् । दल खा’रेजीसम्बन्धी भदौमै दायर गर्ने तयारीहरु भइरहेका छन् । संविधान अनुसार साँढे ५ वर्षभित्र दलको नयाँ कार्यकारिणी चयन भइसक्नुपर्छ ।

त्यो नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पालना गरेका छैनन् । नेपाली काँग्रेसको पनि वर्तमान कार्यसमिति २२ भदौपछि साँढे ५ वर्ष पूरा हुन्छ । अदालतमा यो मुद्दा अगाडि बढेमा दलहरुकै पक्षमा फैसला नहुन पनि सक्छ । त्यसले नयाँ घ’टनाक्रम विकास हुनसक्छ ।

प्रतिकृया दिनुहोस्