शनिबार , अषोज ९, २०७८

माओवादी अध्यक्ष ‘प्रचण्ड’ले भेटे झलनाथ खनाललाई !

भाद्र १६, २०७८ बुधबार 110

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग भेट गर्नु भएको छ । अध्यक्ष ‘प्रचण्ड’ले नेता खनालसँग बुधबार बिहान भेट गर्नु भएको हो ।

भारतमा उपचार गराइ भर्खरै नेपाल फर्कनु भएका नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अध्यक्ष प्रचण्ड उहाँकै निवास डल्लुमा पुग्नु भएको हो । भेटका क्रममा अध्यक्ष प्रचण्डले नेता खनालको स्वास्थ्य लाभको कामना गर्नु भएको थियो ।

नेता खनाल उपचारको क्रममा भारतमै रहेका बेला नेकपा एमाले वि’भाजित भई नेकपा (एस) बनेको थियो ।

माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भइ उक्त पार्टीले अधिकारिकतासमेत पाइसकेको छ । नेता खनालको भारतमा किड्नी प्रत्यारोपण गरिएको थियो।

प्रतिकृया दिनुहोस्