सोमबार , माघ १०, २०७८

सुन चाँदीको मूल्य घट्यो !

भाद्र १६, २०७८ बुधबार 346

काठमाडौं : स्थानीय बजारमा बुधबार सुन तथा चाँदी दुवैको मूल्य घ’टेको छ। आज सुनको मूल्य २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा का’रोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा का’रोबार भएको थियो।

त्यसैगरी, बुधबार तेजाबी सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा का’रोबार भएको छ। सोमबार तेजाबी सुन ९० हजार ७ रुपैयाँमा का’रोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार १२ सय ५ रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज १० रुपैयाँले घ’टेको हो। आज चाँदी ११ सय ९५ रुपैयाँमा का’रोबार भइरहेको छ।

प्रतिकृया दिनुहोस्