सोमबार , माघ १०, २०७८

सभामुख सापकोटाकाे मु’द्दा ‘हेर्न नमिल्ने’

भाद्र १६, २०७८ बुधबार 138

काठमाडौं : सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको ह’त्या’मा सं’लग्न भएको आरोपमा सभामुख अग्नि सापकोटावि’रूद्ध सर्वोच्च अदालतमा वि’चाराधीन मु’द्दामा आज (बुधबार) सु’नुवाइ हुन सकेन। उक्त मु’द्दाको सु’नुवाइका लागि आज पे’सी चढेको थियो।

प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्या’याधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको सं’वैधानिक इ’जलासले ‘हेर्न नमिल्ने’ सर्वोच्च प्र’शासनले जनाएको छ । न्या’याधीश कार्कीले सापकोटाको का’नुन व्यवसायी हुँदा विगतमा यो मु’द्दामा बहस गरेकाले स्वार्थ बा’झिने भन्दै भएकाले हेर्न नमिल्ने भएको जनाइएको छ।

यसअघि २०७६ फागुन ३० गते यो मु’द्दा पेसीमा चढाइए हेर्न न’भ्याएपछि सु’नुवाइ सरेको थियो। उता नेकपा (एमाले)ले निर्वाचन आयोग र सभामुखवि’रुद्ध सर्वाेच्च अदालतमा मु’द्दा दा’यर गर्ने भएको छ। एमालेले अ’द्यावधिक गरेर पठाएको केन्द्रीय सदस्यहरूको विवरणलाई आयोगले

मान्यता नदिएर माधवकुमार नेपाललाई पार्टी विभाजनमा सजिलो पारेको र सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका १४ जना सांसदलाई प’दमुक्त नगरेको भन्दै एमाले सर्वाेच्च जान लागेको हो।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले आज निर्वाचन आयोग र सभामुख सापकोटावि’रुद्ध सर्वाेच्च अदालत जान लागेको पुष्टि गरे।
शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार निर्वाचन आयोगवि’रूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भइरहेको एमालेले जनाएको छ।

एमालेले गत भदौ १ मा पार्टी विभाजनमा लागेको भन्दै वरिष्ठ नेता नेपालसहित १४ जना प्रतिनिधि सभा सदस्यलाई पदमुक्तको निर्णय गरेको थियो।एमालेले कारबाही गरेका १४ सहित ३० सांसद र ५५ केन्द्रीय सदस्यहरुको सनाखतलाई मान्यता दिएर आयोगले भदौ ९ गते नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) नामक पार्टीलाई राजनीतिक द’लको प्रमाणपत्र दिएको थियो।

प्रतिकृया दिनुहोस्