सोमबार , माघ १०, २०७८

गर्भवती श्रीमतीलाई आउँदैछु भनेर बस चढेका सुरेश र जगतलाई पहिरोले लग्यो, श्रीमानको मृ’त्युको खबरले श्रीमती बेहोस !

भाद्र १६, २०७८ बुधबार 164

काठमाडौं : घरमा गर्भवती श्रीमती र बा–आमालाई छिट्टै धन कमाएर आउने भन्दै भारत गएका सल्यानका दुई युवा अब कहिल्यै नआउनेगरी अस्ताएका छन् ।

हिमाचल प्रदेशको किन्नोर जिल्लामा दुबैजना चढेको बसलाई अचानक माथिबाट आएको पहिरोले बगाएपछि घरमा आउँदै गरेका सुरेश र जगतको यात्रा सधैका लागि अन्त्य भएको दु:खद खबर गाउँमा आएको छ ।

सल्यानको त्रीवेणी गाउँपालिका–३ टोट्के निबासी सुरेश खत्री र जगत वलीले बस चढ्नु अघि आफुहरु घर आउन लागेको भन्दै आ–आफना श्रीमती र घरपरिवारलाई जानकारी गराएका थिए ।

हिमाचल प्रदेशको किन्नोर जिल्लामा दुबैजना चढेको बसलाई अचानक माथिबाट आएको पहिरोले बगाएपछि घरमा आउँदै गरेका सुरेश र जगतको यात्रा सधैका लागि अन्त्य भएको हो । सुरेशको श’वलाई हिजो र जगतको श’वलाई आज दा’हसंकार गरिएको पि’डितका आफन्त नाता पर्ने तथा एमाले नेतृ पवित्रा केसीले जानकारी दिनुभयो ।

२७ गते दिउँसो १२ बजे पहिरोले बगाएको बस ६ सय मिटर तल टुक्रटुक्रा भएको अवस्थमा भेटिएको भारतीय संचार माध्यमले जानकारी दिएका छन् । सुरेश र जगत विवाह गरेको ऋण तिर्न र घर खर्च चलाउनका लागि गएको चैत्र ३० गते हिमाचल प्रदेशमा स्याउ टिप्न गएका थिए ।

जगत वली, नोख बहादुर वलीको माइला छोरा र सुरेश केसी, भुपाल खत्रीका कान्छा छोरा हुनुहुन्छ । झण्डै चार महिनाको अवधिमा हिमाचल प्रदेशमा स्याउ टिपेर एक जनाले ८० /९० हजार भारतीय रुपैयाँ लिएर आउँदै गरेका थिए ।

श्रीमानको मृत्युको खबरले श्रीमती बेहोस अवस्थामा रहेको नेतृ केसीले बताउनुभयो । सुरेशको श्रीमतिको भदौ ६ र जगतको श्रीमतीको भदौ महिनामा बच्चा जन्मिने मिति रहेको केसीले बताउनुभयो ।

सोही घ’टनामा परेर अहिले सम्म १७ जनाको मृ’त्यु भएको छ । माथिबाट ढुङगा खसिरहेकाले उ’द्धार कार्य कठिनाइ भइरहेको त्यहाँको प्रहरीले जनाएको छ । पहिरोले बस, ट्रक, जिप र कार सहित १० वटा पुरेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्