शनिबार , अषोज ९, २०७८

आफै सङ्ख घण्ट बज्ने अद्भुद देवी मन्दिर : दर्शन स्वरूप फोटोमा छोएर कमेन्टना जय माता दी लेख्नुहोस् !

भाद्र १७, २०७८ बिहिबार 197

काठमाडौं : तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित निकै पुरानो धार्मिक स्थल अकलादेवी मन्दिरलाई उजिल्याउन स्थानीयवासी जुटेका छन् । यस ठाउँलाई धार्मिक पर्यटनको गन्तव्य स्थल बनाउन सकिने भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको भन्दै स्थानीयवासी यस ठाउँको प्रचारप्रसारका लागि जुर्मुराएका हुन् ।

मन्दिरको आफ्नै विशेषता छ, त्यो हो – मन्दिरमा रहेका घण्ट आफैं हल्लिनु । धेरैलाई यो सुन्दा आश्चर्य लाग्ला । कसैले नहल्लाइकन पनि घण्ट आफैं हल्लिन्छ र ? तर, मन्दिरमा रहेका घण्ट आफैं हल्लिएको देख्दा यहाँका स्थानीयवासी मात्र होइन मन्दिरमा पूजाअर्चना गर्न जाने भक्तजन समेत चकित पर्ने गरेका छन् ।

अकलादेवी खुशी भएका बेला मन्दिरभित्र रहेको घण्ट आफैं हल्लिने र बज्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ । देवी प्रशन्न भएको अवस्थामा रातको समयमा घण्ट बज्ने गरेको स्थानीयवासी बालहरि घिमिरे बताउँछन् ।“यज्ञयज्ञादि, धार्मिक अनुष्ठान र पञ्चबलि दिएका बेला देवी प्रशन्न भएर घण्ट बज्ने र हल्लने गरेको छ,” उनले भने – “यो दैवीशक्तिको चमत्कार हो ।” विसं २०४२ देखि मन्दिरमा शङ्ख र घण्ट बजेको सुनिन थालेको स्थानीयवासी बताउँछन् ।

त्यो बेला तत्कालीन प्रज्ञा पण्डित गङ्गाधर घिमिरेलगायत स्थानीयवासीले यस बारेमा जानकारी गराएपछि ‘यो दैवीशक्ति हो र यसको संरक्षणका लागि केही काम गर्नुपर्छ’ भनेर संरक्षणको काम शुरु स्थानीयवासी बताउँछन् ।अकला मन्दिरको बाहिर पुरानो आदिकालदेखिको सिंह र नन्दिनी अर्थात् साढेको स्तम्भ छ । उक्त प्रतिमा निकै पुरानो रहेको अनुमान लगाइन्छ । मन्दिर नजिकै पञ्चबलि दिने स्थान र हवनकुण्ड पनि छ ।

यसैगरी रुद्राक्षको धार्मिक र वैज्ञानिक चमात्कारीका फाईदा के के छन् ?हिन्दू धर्म संस्कृतिमा रुद्राक्षको महत्व विशेष रुपमा रहने गरेको छ । रुद्राक्षले मानिसमा हुने कुनै पनि हा’निकारक ऊर्जाबाट बचाउने विश्वास गरिन्छ । यसको प्रयोग तपस्वीले मात्रै नगरी सांसारिक जीवनमा रहेका व्यक्तिले पनि गर्छन् ।

रुद्राक्षको माला लगाउनु धार्मिक महत्वका साथसाथै वैज्ञानिक रुपमा पनि लाभदायक हुन्छ । रुद्राक्ष लगाउनाले शरीरमा सकारात्मक प्रभाव परेको देख्न सकिन्छ । धार्मिक महत्व विद्येश्वर संहिता भगवान शिवसँग सम्बन्धित छ । यस संहितामा भगवान शिवको पूजा, उपासना तथा उनीसँग जोडिएका विषयवस्तुको महत्वबारे उल्लेख गरिएको छ । यस ग्रन्थमा भस्मदेखि रुद्राक्षसम्मको महत्वबारे बताइएको छ ।

रुद्राक्षको उत्पत्तिबारे ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।रुद्रस्इ अक्षि रुद्राक्षः, अक्ष्युपलक्षितम्अश्रु, तज्जन्यः वृक्षः ।‘रुद्र’ को अर्थ शिव तथा ‘अक्ष’ को आँखा अर्थात आत्मा हुन्छ । त्रिपुरासुरलाई ज’लाएर भस्म गरेपछि भोले रुद्रको हृदय दुखी हुँदा उनको आँखाबाट आँशु झर्छ ।

उक्त आँशु जुन स्थानमा झरेको हुन्छ, त्यहीँ रुद्राक्षको रुख उम्रन्छ । रुद्राक्षलाई हिन्दू तथा विशेष रुपमा शैवले पवित्र रुपमा लिने गर्छन् । शैव तथा तान्त्रिकले रुद्राक्षको माला लगाउँने तथा जप गर्ने गर्छन् । उ’पनिषदमा रुद्राक्षलाई भगवान शिवको आँखा भनिएको छ ।

यसलाई धारण गरेमा दिन–रातमा गरिने सबै पाप नष्ट हुने तथा अर्बौं गुणा पुण्य प्राप्त हुने विश्वास गरिन्छ । रुद्राक्षमा हृदय सम्बन्धी विकारलाई टाढा गर्ने अत्भुत क्षमता हुन्छ । बौद्धिक क्षमतामा वृद्धि-वैज्ञानिकहरुका अनुसार रुद्राक्षमा ‘इलेक्ट्रोमेग्नेटिक’ गुणहरुका कारण अत्भुत शक्ति हुन्छ ।यसमा औषधीय क्षमता विद्युत चुम्बकीय प्रभावबाट उत्पन्न हुन्छ ।

अन्तर्राष्ट्रिय युनिभर्सिटी फ्लोरिडाका वैज्ञानिक डा. डेभिड लीले रुद्राक्षले विद्युत ऊर्जाबाट आवेशको सञ्चित गर्ने अनुसन्धानले पत्ता लागेको बताएका छन् । जसबाट यसमा चुम्बकीय गुण विकसित हुन्छ । यस आवेशले मानिसको मस्तिष्कमा केही केमिकललाई प्रोत्साहित गर्छ । जसले रुद्राक्षमा चुम्बकीय गुण विकास गर्छ ।

यसै कारण रुद्राक्षले शरीरमा स्पर्श गर्दा मानिसहरुले अत्यन्तै आनन्द महसुस गर्ने गर्छन् ।रुद्राक्षले मानिसको बौद्धिक क्षमता तथा स्मरण शक्ति राम्रो बनाउने मानिन्छ ।रुद्राक्ष धारण गरेमा चिन्ता तथा त’नावसँग सम्बन्धित समस्यामा कमी आउने र उत्साह ऊर्जामा वृद्धि हुनेछ । हृदयरोग, र’क्तचाप तथा कोलेस्ट्रलको मात्रा नियन्त्रणमा रुद्राक्ष प्रभावशाली हुने मानिन्छ ।

रुद्राक्षको माला लगाउनु धार्मिक महत्वका साथसाथै वैज्ञानिक रुपमा पनि लाभदायक हुन्छ । रुद्राक्ष लगाउनाले शरीरमा सकारात्मक प्रभाव परेको देख्न सकिन्छ ।अकलादेवी मन्दिरको दक्षिण पश्चिममा रुद्रदेवीको मन्दिर छ । अकलादेवी र रुद्रदेवीको महिमा गानका लागि वर्षमा चार वटा रुद्री लगाउने गरिन्छ । यस ठाउँमा हरेक वर्ष वैशाख, साउन, कात्तिक र माघमा रुद्री लगाउने प्रचलन रहिआएको छ ।

प्रतिकृया दिनुहोस्