शनिबार , अषोज ९, २०७८

आयरल्यान्डमाथि पोर्चुगलको रोमान्चक जित, रोनाल्डो बने अन्तर्राष्ट्रियमा स’र्वाधिक गोल गर्ने खेलाडी’ !

भाद्र १७, २०७८ बिहिबार 101

काठमाडौं : फिफा विश्वकप अन्तर्गत युरोपेली छनोटमा पोर्चुगलले आयरल्यान्डमाथि जित निकालेको छ । गएराति भएको समूह ‘ए’को खेलमा पोर्चुगलले आयारल्यान्डलाई २–१ गोल अन्तरले प’राजित गरेको हो ।

पोर्चुगललाई रोमान्चक जित दिलाउनको लागि दुवै गोल कप्तान क्रिस्टियानो रोनाल्डोले गरे । उनले पहिलो हाफमा पेनाल्टी चुकाएपनि खेलको अन्त्यतिर लगातार दुई गोल गर्दै रोमान्चक जित दिलाए ।खेलको १५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा चुकेका थिए ।

रोनाल्डोको प्रहार गोलरक्षक ग्याभिन बाजुनुले विफल पारेका थिए । खेलको ४५ औं मिनेटमा जोन इगनले गोल गर्दै आयरल्यान्डलाई अगैता दिलाएका थिए ।

८९ औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । उनले गोन्कालो ग्वेडेसको क्रसमा हेडरमार्फत गोल गरेका थिए ।

इन्ज्युरी समयको छैटौं मिनेटमा रोनाल्डोले नै गोल गर्दै खेल दिलाए । रोनाल्डोले गोलको खुसी मनाउने क्रममा जर्सी खोलेपछि पहेंलो कार्ड पनि पाएका थिए ।

रोनाल्डो बराबरी गोलसँगै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बने । उनको त्यो पोर्चुगलका लागि १ सय १० औं गोल थियो ।

यसअघि इरानका अली दाइको नाममा रहेको १ सय ९ गोलको कीर्तिमानलाई तोड्दै यो उपलब्धि रोनाल्डोले आफ्नो नाम गरेका हुन् । रोनाल्डोले दोस्रो गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १ सय ११ पुर्याए ।

प्रतिकृया दिनुहोस्