सोमबार , माघ १०, २०७८

तुइन घ’टना : सत्यतथ्य सार्वजनिक गर्न एमालेको माग !

भाद्र १७, २०७८ बिहिबार 181

काठमाडौं : नेकपा (एमाले)ले जयसिंह धामी बेपत्ता भएको तुइन घ’टनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन अस्पष्ट रहेकाले सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै घ’टनाका सम्बन्धमा प्रतिवेदन बुझाइएकोले त्यससम्बन्धी सत्यतथ्य सार्वजनिक गर्न माग गर्नुभएको हो ।

उहाँले दो’षीलाई कारवाही र पी’डित परिवारलाई न्याय सुनिश्चित गर्न मागसमेत गर्नुभयो । धामीका सम्बन्धमा गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजत्वमा गठित छानविन समितिले यही १५ भदौमा गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिकृया दिनुहोस्