शनिबार , कार्तिक ६, २०७८

पर्वतमा पहिराेले पुरिएर ५ जनाको मृ’त्यु, ३ बे’पत्ता !

भाद्र १८, २०७८ शुक्रबार 75

काठमाडौं : यहाँका विभिन्न ठाउँमा पहिराले पुरिँदा ५ जनाको मृ’त्यु भएको छ भने ३ जना पुरिएर बे’पत्ता भएका छन् । गएरातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँच जना पुरिएकामा दुई मृ’तावस्थामा फेला परेका छन् ।

पहिरामा पुरिएका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको श’व निकालिएको छ । घरका तीन बे’पत्ता रहेको हुनाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।

यस्तै कुश्मा नगरपालिका–११ पकुवामा पहिरामा पुरिएका ३५ वर्षीया दुर्गा पौडेल र उनका छ वर्षीय छोरा गणेशको श’व फेला परेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिनुभयो ।

यस्तै मोदी गाउँपालिका–५ अम्बोटमा पहिरामा पुरिएर ५० वर्षीया ठुलीमाया थापाको मृ’त्यु भएको छ । जिल्लाका अन्य स्थानमा पनि भीषण वर्षाका कारण क्षति भएको अनुमान गरिए पनि अहिलेसम्म पूर्ण विवरण नआएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्