बिहिबार , माघ ६, २०७८

स’र्वोच्चले सभामुख र निर्वाचन आयोगवि’रुद्धको रिटमाथि आज प्रारम्भिक सुनुवाइ गर्दै !

भाद्र १८, २०७८ शुक्रबार 225

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध दायर गरेको रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको छ।

ओलीको रिटमाथि सुनुवाइका लागि न्यायाधीश मीरा खड्काको इजलासमा पेसी तोकिएको हो । गैरकानूनी रुपमा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिएको भन्दै ओलीले बुधवार सर्वोच्चमा रिट दायर गरेका थिए ।

एमालेले १४ सांसदलाई कारवाही गरे पनि सभामुख सभामुख सापकोटाले सुचना जारी नगरेको भन्दै बुधबार सर्वोच्चमा रिट परेको थियो ।

त्यस्तै एमाले विभाजित भई नेकपा (एकीकृत समाजवादी) बन्दा निर्वाचन आयोगले अनाधिकृत व्यक्तिको हस्ताक्षरलाई मान्यता दिएको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

रिट निवेदनमा नेकपा (एस)मा हस्ताक्षर गरेका भनिएका ५५ जना केन्द्रीय सदस्य नभइ ३९ जना मात्रै रहेको उल्लेख गर्दै उक्त पार्टीलाई आधिकारिकता नदिन अन्तरिम आदेश माग गरिएको छ ।

प्रतिकृया दिनुहोस्